सेलिब्रेटी नेपाल काठमाडौँ
भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जय शम्भु’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा पछिल्लो समयका व्यस्त कलाकार द्धय प्रशान्त ताम्राकार र अनुप विक्रम शाहीको टकरावलाई देखाईएको छ । चलचित्रको ट्रेलर पूर्ण एक्शन फ्लेवरमा बनाईएको छ । निर्माण टिमले यस अघि चलचित्रको टिजर र गीत सार्वजनिक गरि सकेको छ ।
ट्रेलरमा प्रशान्त र अनुपको अलवा बर्षा शिवाकोटी पनि फिचरिङ छिन् । अनुमानित गरिएको समय र बजेट भन्दा बढि बजेटमा तयार भएको ‘जय शम्भु’ एक्शन लभ स्टोरी चलचित्र हो । एक्शनको पार्टबाट चलचित्रले केही नयाँपन दिन खोजिएको फिल्मका निर्देशक रुपेश तामाङले बताएका छन् ।
दिनेश शाही प्रस्तुतकर्ता रहेको चलचित्रमा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको रुपमा रहेका छन् । यस्तै सह निर्माताहरु कुशल शर्माा र शिक्षा काफ्ले हुन् । चलचित्रमा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको द्वन्द, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । चलचित्रमा प्रशान्त, अनुप र बर्षासँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु रानाको मूख्य भुमिका रहेको छ ।