‘मेरा कलाकार नयाँ छन् तर अब्बल छन्’ निर्देशक दिनेश


सेलिब्रेटी नेपाल काठमाडौँ

लामो समय देखि नृत्यनिर्देशनको अनुभबलाइ संगालेर दिनेश पाख्रिनले चलचित्र निर्देशनमा डेब्यू गरेका छन् । उनको निर्देशन रहेको पहिलो चलचित्र यहि श्रावण २५ देखि प्रर्दशन हुदैछ । पुराना कलाकारलाइ लिएर उनले यस अघि केहि चलचित्र निर्माण गरे तर यस पटक उनले नयाँ कलाकार लिएर चलचित्र टिनएज निर्माण संगै निर्देशन गरे ।

यस पटक बिगतमा भन्दा फिल्म चलाउन धेरै कष्ट झेल्नु परेको उनको भनाइ छ । चलचित्रको कथाले हेर्दा टिनएज देखिने कलाकार खोज्यो त्यसैले चलचित्रमा नयाँ अनुहार राखियो । नयाँ कलाकार भए पनि आ आफ्नो क्षेत्रमा अब्बल कलाकार छन् तर पनि रिलिज को समयमा सबैले हेपेको अनुभव गरेको निर्देशक पाख्रिनले दुखेसो गरे ।

गत असोजमा रिलिज गर्ने भनेर प्रचार प्रसारमा लाखौ खर्च गरिसके पछि बितरणको जिम्मा पाएको टिमले लापरबाहि गरे पछि निर्देशक पाख्रिनले आफू हेपिएको महसुस गरे रिलिज स्थगित गरे । हाल बितरणमा सरोज शर्मा र निर्देशक पाख्रिन आफैले जिम्मा लिए । तर फिल्म रिलिज पछि धेरैको घमण्ड उत्रिने उनले दाबि गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.