सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली टेलीभिजनको इतिहासमा एउटा छुट्टै पहिचान बनाएको रीयालीटी सो हिमालय रोडिजको दोस्रो संस्करण श्रावण १४ गते सोमबार देखी हिमालय टेलिभिजन मार्फत प्रशारण हुने भएको छ । नेपाली युवापुस्ताहरुका लागी लक्षित गरी बनाइएको र युवापुस्ताले रुचाइएको यस एड्भेन्चर रीयालीटी शोको प्रोमो प्रशारण भइरहेको छ । गत संस्करणकी विवादित जज दिया मास्के र प्रतिस्पर्धीै बीचको घम्सा घम्सि प्रोमोमा देख्न सकिन्छ ।
हिमालय रोडिजका गत संस्करणका बिजेता समन श्रेष्ठ र अनिमेश शाही कार्यक्रम प्रश्तोता रहेको यस शोमा रेमनदास श्रेष्ठ, दिया मास्के र अशिष राना ‘लाउरे’ यस वर्ष पनि निर्णायकको भुमिकामा देखिने छन । कुल अठार श्रृंखला प्रशारण हुने यस रीयालीटी शो मा पाँच श्रृंखला, पाँच शहर चितवन, बुटवल, पोखरा, इटहरी र काठमाडौँमा गरिएको अडिसन राउण्ड हुनेछ । भने बाँकी १३ श्रृंखलामा जर्नी राउण्ड हुनेछ । सामाजमा सजिलै खुलेर बोल्न नसकिने विषयवस्तुुहरुलाई गत संंस्करण भन्दा यस संस्करणको अडिसन राउन्डमा अझै शशक्त ढंगले प्रश्तुुत गरीएको निर्देशक अमन प्रताप अधिकारीले बताएका छन ।
हिमालय रोडिजको बिजेताले बिस लाख रुपयाँसम्मको नगद र यामाहा एफ जेड्– २५० सीसी मोटर साइकल प्राप्त गर्नेछन । हरेक साताको सोमबार साँझ आठ बजेदेखी हिमालय रोडिजको श्रृंखला हिमालय टेलीभिजनमा प्रशारण हुनेछ, साथै यु टुबमा पनि हिमालय रोडिजको च्यानलमा हेर्न सकिनेछ । भारत लगाएत दक्षिण एसियामा नै निकै प्रख्यात रहेको यो एड्भेन्चर रीयालटी शो एम टिभी रोडिजको फ्रेन्चाइज हो । पहिलो संस्करण उत्कृष्ट र सफल सावित भएको यस रीयालीटी शोको दोस्रो संस्करण हेर्नको लागी युवापुस्ता निकै नै उत्साहित छन ।