झमक बहादुर ‘मृग नयनी’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

साउन १८ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘झमकबहादुर’ मा समाबेश ’मृग नयनी तिम्रो आखाँमा’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्बजनिक गीतमा मेलिना राई र ओम सुनारको स्वर रहेको छ भने शब्द तीर्थ दामली टुप्पीले लेखेका हुन् । गीतमा ओम सुनारको संगीत रहेको छ। जीवन थापाको नृत्य निर्देशन रहेको यस गीतमा कलाकारहरू मीन कुमार तामाङ र सुजाता थापा फिचर्ड छन्।

यूवि फिल्मस् ग्यालरी र दियालो इन्टरनेन्मेन्टको प्रस्तुतीमा बनेको चलचित्रमा अनुपविक्रम शाही, यादव देवकोटा ‘सरापे’, राजु कमेडी, सुजता थापा, मिनकुमार तामाङ लगायतका कलाकार मुख्य भूमिकामा रहेको छ। चलचित्र ‘झमक बहादुर’ भोमन कटुवालले निर्देशन गरेका हुन्।

Copyright © 2012 - 2026 | All Right Reserved.