विनोदको मार्मिक गीत पार्वती भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक विनोद बाँनियाले नयाँ गीत ‘पार्वती’ सार्बजनिक गरेका छन् । एकल महिला माथि तयार पारिएको यो गीतको भिडियो पनि उत्कृस्ट बनेको छ । कवि तीर्थ श्रेष्ठको शब्द रहेको गीतको भिडियोले दर्शकको राम्रो प्रतिक्रिया बटुली रहेको छ ।

पछ्यौरीको फेरोले आँसु पुछ पार्वती
सिंगो जीवन बाँकी छ हाँस्न सिक पार्वती

हरि लम्सालको संगीत रहेको यो गीतमा गायक बाँनिया भन्छन ‘यो एकल माहिलामाथि लेखिएको गीत हो,’ गायक बाँनियाले भने, ‘सबै एकल आमा र एकल महिलाहरुको समर्पणमा यो गीत तयार पारिएको हो ।’ एसियन म्युजिकको प्रस्तुति र विभोर पोखरेलको निर्देशन रहेको गीतको भिडियोमा विकास, सिर्जना, अनिलको अभिनय रहेको छ । भिडियोलाइ अर्जुन सापकोटाले छायांकन गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.