अभिषेक र ऐश्वर्या राय बच्चन ८ बर्षपछि एकसाथ


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या राय बच्चन ८ बर्षपछि पुनः पर्दामा एकसाथ देखिने भएका छन् । उनीहरुले एकसाथ काम गरेको फिल्म सन् २०१० मा ‘रावण’ पश्चात यो जोडी फिल्म ‘गुलाब जामुनझ् मार्फत पर्दामा एकसाथ देखिन लागेको भारतीय समाचार माध्यमले जनाएका छन् । फैटम फिल्मसको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘गुलाव जामुन’मा उनीहरुले एक साथ काम गर्ने भएका हुन् ।

रिल मात्रै नभई रियल जोडी समेत रहेका ऐश्वर्या र अभिषेकको एक छोरी छिन् । उनीहरुले यसअघि फिल्म ढाई अक्षर प्रेम के, कुछ ना कहो, उमराव जान, धूम २, गुरु, सरकार राज र रावण जस्ता फिल्ममा एकसाथ काम गरिसकेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.