सेलिब्रेटी नेपाल काठमाडौँ 

गायक सन्जिब पराजुली र गायिका टीका प्रसाईंले गाएको गीत ‘नाइँ मलाई थाहा छैन’ ले यु ट्युब मा दुइ करोड पचास लाख बढी भिउ पाउन सफल भएको छ । गत वर्ष फेब्रुअरी २४ तारिकमा गायक पराजुलीको आफ्नै यु ट्युब च्यानलबाट सार्बजनिक गित  ‘नाइँ मलाई थाहा छैन’ ले यु ट्युबमा दुइ करोड पचास लाख भन्दा बढी दर्शक पाएको हो । गायक सन्जिब पराजुली र गायिका टीका प्रसाईंले गाएको गीत  नेपाली सांगीतिक इतिहासमा सबैभन्दा बढी दर्शक पाउने ‘एल्बम’को गीत बन्न सफल भएको हो । गीतले दुइ करोड पचास लाख भन्दा बढी दर्शक पाएको खुशी काठमान्डौको रागा रेकर्ड्समा  एक कार्यक्रमका बिच ‘केक काटेर’ खुशीयाली मनाईएको छ । 
कार्यक्रममा  गीतका गीतकार एकनारायण भण्डारी, संगीतकार आशिष अविरल, गायिका टीका प्रसाईं, कार्टून क्रिउका सरोज अधिकारी, आश्मा बिस्वकर्मा र क्रिउका सदस्यहरु लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो । गीतमा कार्टुन क्रिउ र नायिका अलिशा राईको संयुक्त नृत्य रहेको छ ।



							
							
							
							
							
							