छैटौ चलचित्र महोत्सव बिहिबारदेखि, ४१ वटा चलचित्र सहभागी हुने



सेलीब्रेटी नेपाल फागुन २ गते-नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्न लागेको ‘छैटौ चलचित्र महोत्सव’ विहिबारदेखी सुरु हुने भएको छ । काठमाण्डौमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा आयोजकले महोत्सवको बारेमा जानकारी दिएको हो ।वि.सं २०६८ साल बैशाख महिनादेखि वि.सं २०६९ साल असार मसान्तसम्म प्रदर्शनमा आएका नेपाली सिनेमाहरुलाई महोत्सवमा सहभागी गराइनेछ । महोत्सवमा चलचित्र प्रदर्शन पश्चात प्राविधिक संघले अवार्डको आयोजना गर्नेछ ।

यस बर्षदेखि कान्तिपुर टेलिभिजनसंगको सहकार्यमा हुन लागेको यो अवार्डका लागि ६ जना जुरीहरु छनौट कार्य  भइ रहेको । जुरी छनौटका लागि २४ जना चलचित्रकर्मीको नाम सिफारिस गरिएको छ । गत बर्षको अवार्ड भन्दा यस बर्षको अवार्ड चुस्त दुरुस्त र विवाद रहित बनाउने प्रणका साथ नेफ्टाले ३१ विधा सहित जुरी र पपुलर अवार्ड पनि वितरण गर्नेछ । अवार्ड नयाँ बर्ष २०७० को बैशाख महिनाको दोस्रो हप्ताको शनिबार वितरण गरिने बताईएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.