झमकबहादुरको अडियो गित यस्ता छन्


सेलिब्रेटी नेपाल काठमाडौँ

श्रावण १८ गते देखी नेपाल भर प्रर्दशन हुन लागेको चलचित्र झमकबहादुर को अडियो गित सार्वजनिक गरीएको छ। ३वटा गित रहेको यस चलचित्रमा झमकबहादुर टाईटल गित,मृग नयनी तिम्रो आखामा हराउन पाउ लभ संग र कुनै बेला निकै चर्चा बटुलेको आम्मैले भन्थे धाराको पानी बोलको गित रहेका छन र यस गितलाई यो चलचित्र मार्फत रिमिक्स गरी प्रस्तुत गरिएको छ । यस गितमा शब्द र संगीत कुसुम गजमेरको रहेको छ। ।

अोम सुनारको संगीत रहेको यस चलचित्रमा मेलिना राई , ओम सुनार,कविता श्रेष्ठ को स्वर रहेको छ।अनुप बिक्रम शाही, यादब देवकोटा(सरापे),राजु कमेडी, मिन कुमार तामाङ सुजाता थापा,कल्याण अधिकारी,राजन मर्हजन को मुख्य भूमिका रहेको छ। पवन गौतमको छायांकन,अनिल मर्हजनको सम्पादन, राजु किरात राई को द्वन्द रहेको यस चलचित्रका निर्माता मिन कुमार तामाङ हुन भने सह निर्माता कोपिला कुमारी डल्लाकोटी हुन र यस चलचित्र लाई भोमन कटुवालले निर्देशन गरेका छन।

Copyright © 2012 - 2026 | All Right Reserved.