‘भैरे’ संग बादी महिलाको कथा


सेलिब्रेटी नेपाल काठमाडौँ
फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट तिन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । तिन भिन्न जनराको चलचित्र ‘भैरे’,’पण्डित बाजेको लौरी’ र चक्कर प्रदर्शनमा आएका छन् ।

‘भैरे’
एभरेष्ट सूर्य बोहरा निर्देशित चलचित्र भैरे को निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल, सिन्धु पौडेल र कुमार बस्नेत चलचित्रका सह-निर्मातामा छन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को बनिष शाहले गरेका छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका छन् ।

सूर्य थोकरको द्वन्द्व रहेको यस चलचित्रमा दयाहाङ्ग राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी, बुद्धि तामाङ्ग, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।

‘चक्कर’
नेशनल मिडिया प्रोडक्सन र केटिएम आर्ट्स हाउस प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रमा निर्देशक अनुष्कले बेडरुम ड्रामा, क्राइम तथा सस्पेन्स थ्रिलर जनरामा चलचित्र बनेको बताए । चलचित्रमा अर्पण,ऋचाका अलावा,अभों राज उप्रेती, सृजना सुब्बा,भोलाराज सापकोटा,स्मृति पोखरेलको मुख्य भूमिका रहेको छ । कथा, पटकथा र संवाद पनि निर्देशक अनुष्कको नै रहेको छ । रविन आचार्यको निर्माण तथा छायांकनमा तयार चलचित्रमा संगीत संगम पन्त र पुष्प पलाञ्चोकेको रहेको छ ।

‘पण्डित बजेको लौरी’
बादी जातिको ‘बादी प्रथा’ र पण्डितहरुको ‘पण्डीत्याई’को विषयबस्तु समेटेर निर्माण गरिएको चलचित्र ‘पण्डित बाजेको लौरी’चलचित्र साउन ४ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

चलचित्रमा विजय बराल ‘बादी’ र सन्ध्या केसी ‘बदेनी’ (स्थानीय भाषामा बादी समुदायको स्त्रीलाई गरिने सम्बोधन) भूमिकामा छन् । बादीले जीविकोपार्जनको लागि मादल बनाउछन् । भने, बदेनीले आफ्नो शरीर बेच्ने गर्दछन् । अधृत फिल्मस् प्रालीको व्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

‘पण्डित बाजेको लौरी’मा महेश दवाडीको कथा/पटकथा/ संवाद, विदुर पाण्डेको छायाँकन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल/अमित श्रेष्ठको संगीत रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.