कोषाध्यक्षमा आकाश खवास पनि निर्विरोध


आउदो शनिबार हुने चलचित्र कलाकार संघको निर्वाचनका लागि उम्मेदवारी दिएका कलाकार आकाश खवास पनि निर्विरोध चयन हुने निश्चित भएको छ । उम्मेदवारी दर्ताको अन्तिम दिन निशा अधिकारी कोषाध्यक्षमा निर्विरोध चयन भए झैं आकाशको प्रतिद्धन्दी शुभेच्छा थापाले उम्मेदवारी फिर्ता लिएपछि उनी कोषाध्यक्षको पदमा निर्विरोध चयन हुन लागेका हुन् ।

शुभेच्छाले उम्मेदवारी फिर्ताको पत्र संघमा बुझाई सकेकी छिन् तसर्थ निर्वाचन आयुक्तको मिटिङले उनको फिर्तालाई स्वीकृत गर्दै औपचारिक रुपमा आकाश निर्विरोध बिजयी उम्मेदवार भएको घोषणा गर्दैछ । निर्वाचन अधिकृत सुमन दाहालका अनुसार आज र भोली उम्मेदवारी फिर्ता समय तोकिएकाले भोली साँझको अन्तिम मिटिङबाट आकाशको बिजयी प्रक्रियालाई औपचारिकता दिईने छ । शनिबारको निर्वाचनमा अब ३२ जना उम्मदेवार भिडन्त हुने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.