प्रेममा भुल्दै पल-आँचल (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

‘जुनमा राखु तिमीलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायक पल शाह र नायिका आँचल शर्माको अभिनय रहेको छ । गीतले प्रेमील जोडीको भावना बोलेको छ । केहि समययता भिडियोमा सँगै नदेखिएका पल र आँचल पुन: एकपटक भिडियोमा आएका हुन् । यसबीचमा नायिका शर्माले केहि म्यूजिक भिडियोमा अभिनय गरेकी थिइन् । नायक शाहले भने केहि ग्याप गरेका थिए ।

सार्वजनिक भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् । कोरियोग्राफर पल आँफै हुन् । गीतमा प्रदीप ढकाल र निखिता थापाको स्वर रहेको छ भने प्रदीप ढकालकै संगीत र बिष्णू बाबु देवकोटाको शब्द रचना रहेको छ । अनिल के. मानन्धरले छायांकन गरेको भिडियोलाई सुप्रीम पराजुलीले सम्पादन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.