बुद्धिको जोडी बनेकी वर्षा ‘भैरे’मा फरक रुपमा देखिदै


सेलिब्रेटी नेपाल काठमाडौँ
गएको वर्ष प्रदर्शनमा आएको चलचित्र ‘कारखाना’ पछि अभिनेत्री बर्षा सिवाकोटी पर्दामा देखिएकी छैनन् । करीब १ वर्षको अन्तरालपछि उनी अभिनीत नयाँ चलचित्र ‘भैरे’ यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा उनको जोडी कलाकार बुद्धि तामाङ्गसँग बाँधिएको छ । उनी आफूले गरेका अन्य चलचित्रभन्दा ‘भैरे’ फरक रहेको बताउँछिन् । उनी भन्छिन्, ‘नेपालीपन बोकेको चलचित्र हो । दर्शकले मनोरञ्जनसँगै केही सिक्ने अवसर पनि पाउनुहुनेछ । र, मेरो भूमिकामा पनि केही फरक पाउनुहुन्छ ।’

उनी ‘भैरे’ लाई अर्गानिक चलचित्र भन्न रुचाउँछिन् । ‘एउटा प्याकेजको चलचित्र बनेको छ । रोमान्स, प्रेम, द्वन्द्व, इमोसन सबै छ । अझ चलचित्रमा नेपालीपनलाई बढी फोकस गरिएको छ’, उनले भनिन् । अभिनेत्री सिवाकोटी ‘भैरे’ ले आफूलाई भर्सटायल बनाउन पनि सहयोग पुर्‍याउनेमा विश्वस्त छिन् ।

एभरेष्ट सूर्य बोहरा निर्देशित यो चलचित्रको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल, सिन्धु पौडेल र कुमार बस्नेत चलचित्रका सह-निर्मातामा छन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को बनिष शाहले गरेका छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका छन् ।

सूर्य थोकरको द्वन्द्व रहेको यस चलचित्रमा दयाहाङ्ग राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी, बुद्धि तामाङ्ग, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.