कमेडी चलचित्र ‘झमकबहादुर’ पोस्टर सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

केही समय अघि ट्रेलर सार्वजनिक भए सगै मुम्बई एक्सप्रेस को कपी भनेर निकै आलोचना खेपेको चलचित्र ‘झमकबहादुर’ को २पोस्टर सार्वजनिक गरीएको छ। २ पोस्टर बाटै थाह हुन्छकी चलचित्र कमेडी जनरामा निर्माण गरीएको छ। चलचित्र नितान्त नेपाली परिवेश सुहाउदो आफ्नै मौलिकतामा शुद्ध कमेडी बेस रहेको यस चलचित्र निर्देशक भोमन कटुवाल बताउछन। चलचित्र मुम्बई एक्सप्रेसको कपि नरहेको उनको दाबी रहेको छ। सुन तस्करी , लुटपाटलाई मुख्य बिषय बनाई कमेडी बेशमा प्रस्तुत गरेको निर्देशक बताउछन्।

चलचित्रमा अनुप बिक्रम शाही, यादब देपकोटा (सरापे),राजु कमेडी,मिन कुमार तामाङ, कल्याण अधिकारी,राजन मर्हजन र सुजाता थापाको मुख्य भूमिका रहेको छ । ओम सुनारको संगीत, राजु किरात राईको द्वन्द रहेको यस चलचित्रलाई मिन कुमार तामाङले निर्माण गरेका हुन् भने सह निर्माता कोपिला कुमारी डल्लाकोटी रहेकी छिन । पवन गौतमको छायांकन रहेको यस चलचित्रलाई भोमन कटुवालले निर्देशन गरेका हुन् । चलचित्र श्रावण १८ गते बाट नेपाल भर प्रर्दशनमा आउने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.