‘यो पागल मन’ देशभर प्रदर्शनमा,धेरै हल नपाएको निर्देशकको गुनासो


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘यो पागल मन’ देश भर प्रदर्शनमा आएको छ लभस्टोरी जनरामा निर्माण गरीएको चलचित्रमा गौरी मल्ल, बिनोद न्यौपाने, रिचा सिहं ठकुरी ,राजेश ढुंगाना, एनि कुँवरको मुख्य अभिनय रहेको छ। त्रिकोणात्मक प्रेम कथामा आधारित यस चलचित्रमा बिनोद न्यौपानेलाई लभर ब्वाईको रुपमा देखाईएको छ भने ‘नाई नभन्नु ल’ मार्फत चलचित्रमा डेब्यु गरेकी नायिका रिचा सिंह ठकुरी ५ बर्ष पश्चात यसै चलचित्र मार्फत पुनरआगमन गर्दै छिन्।

सदाबहार नायिकाका रुपमा परिचित गौरी मल्ल र कुनै समय चर्चित नायकका रुपमा परिचित रहेका राजेश ढुंगानाको उत्कृष्ट अभिनय रहेको निर्देशक कल्याण अधिकारी बताउछन्। यस चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ भने दन्द राजु किरात राईको रहेको छ र शब्द दयाराम पाण्डे को रहेको छ। आफुले कार्यक्रम गरेर पहिला चलचित्र घोषणा गरे पनि बाकी ३ चलचित्रहरु पछि मात्र जुध्न आएको र यसरी नेपाली चलचित्रहरु एक आपसमा जुध्दा कुनै पनि चलचित्रलाई फाईदा नहुने निर्देशक निर्माता कल्याण अधिकारी बताउछन्।

धेरै दु:ख गरी आफुले ३ बर्षको समय पश्चात रिलिज गर्न खोजे पनि काठमान्डौ उपत्यकामा र उपत्यका बाहिर धेरै हल पाउन नसकेको उनको गुनासो रहेको छ। नव निर्माता वा नव निर्देशकलाई चलचित्र निर्माण गर्न र हल सम्म पुर्याउनका लागी धेरै गार्हो हुने र पुराना निर्माता, निर्देशकहरु र चलचित्र निर्माण कम्पनीहरुले नयाँ निर्देशक तथा निर्माता लाई पेल्न नहुने उनि बताउछन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.