साम्राज्ञीको प्रेममा आर्यन ‘कायरा’ रोमान्टिक गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत चलचित्र ‘कायरा’ को ‘सुखमा तिमि…’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । फिलिपिन्सको समुन्द्री किनारमा खिचिएको गीतमा आर्यन, साम्राज्ञीलाई आफ्नो ‘सास’ बन्न अनुरोध गरिरहेका छन् । पहिलो पटक संगै काम गरेको यो जोडी भिडियोमा सुहाएको छ।

लक्ष्मण रिजाल निर्देशित चलचित्रको सार्वजनिक गीतमा केतन क्षेत्रीले स्वर दिएका छन् भने कोशिश क्षेत्रीको शब्द तथा संगीत रहेको छ । गीतको कोरियोग्राफी प्रविण सिंहले गरेका छन् । चलचित्रमा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।

शिवराम श्रेष्ठले छायांकन गरेको चलचित्रमा आर्यन सिग्देलकै कथा रहेको छ भने स्क्रिन प्ले र डाइलग केदार भुषालको रहेको छ । बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेको चलचित्रमा राजकुमार भट्ट कार्यकारी निर्मातामा रहेका छन् चलचित्रमा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा रहेका छन् । चलचित्र साउन १८ गते बाट प्रदर्शनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.