अनुराग पोस्टर सार्बजनिक,धमला पत्नी एलिजा र समुन्द्रको रोमान्स


सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र ‘अनुराग’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमले निर्माण र अभिनय गरेको चलचित्र असोज १२ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

पोस्टरमा नव अभिनेत्री एलिजा र नव अभिनेता समुन्द्र पण्डितलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । निर्माण युनिटले यस अघि चलचित्रमा समाबेश दुइ गीत सर्नाजनिक गरि सकेको छ।

‘अनुराग’ मा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो चलचित्र सांगीतिक प्रेमकथामा आधारित रहेको बताईएको छ ।

ऋषि धमला प्रस्तुतकर्ता रहेको चलचित्रलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् । अनुरागमा लाइन प्रोडुसर दिपक गौतम रहेका छन् भने निर्माण नियन्त्रक नविन पुरी रहेका छन् । भरत गौतम र गीता भेटवाल निर्माता रहेको ‘अनुराग’ को कथा किरण दाहालले लेखेका हुन् भने रामकुमार केसी छायाँकार हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.