अनुप र शिल्पाको रोमान्स ‘वीराङ्गना’ हेर्न अभिभावकअनिबार्य


सेलिब्रेटी नेपाल काठमाडौँ

यही असार २९ बाट देशभर रिलिज हुने चलचित्र ‘वीराङ्गना’ लाई सेन्सर बोर्डले पि.जी. सर्टिफिकेट दिएको छ ।अब चलचित्र हेर्नको लागि १६ वर्ष मुनिका दर्शकहरु अभिभावकसँग जानु पर्ने छ । एक्शन जनराको नारी प्रदान चलचित्रमा निर्देशक राज बहादुर सानेको निर्देशन हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ । बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह निर्माता सुमि चाम्लिङ​ राई र​हेका छ​न् ।

चलचित्र वीराङ्गना र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा शिल्पा पोखरेल,अनुप बिक्रम शाही, पृथ्वी राज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धुर्ब कोईराला, सुशिल पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा बाँदर र घोडालै पनि देख्न सकिन्छ । चलचित्रको सार्बजनिक गीत र ट्रेलरलाइ दर्शकक बाट राम्रो प्रतिक्रिया मिलेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.