सन्नी देवल र अमीषा पटेल १२ वर्षपछि एकसाथ


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

बलिउड अभिनेता सन्नी देवल र अभिनेत्री अमिषा पटेल १२ वर्षपछि एकसाथ पर्दामा देखिएका छन् । सन्नीको पछिल्लो फिल्म ‘भैय्याजी सुपरहिट’को पोष्टर सार्वजनिक भएपछि यो रहस्य खुलेको हो ।

झण्डै १२ वर्षअघि यो जोडीले सुपर हिट फिल्म ‘गदर एक प्रेम कहानी’ मा सँगै काम गरेको थियो । त्यसपछि ‘भैय्याजी सुपरहिट’ मा पुनः यो जोडी देखिएको हो । सन्नीले आफ्नो ट्विटरमार्फत पोष्टर सार्वजनिक गर्दै भनेका छन्, ‘केवल तपाईँहरुका लागि यो हो ‘भैय्याजी सुपरहिट’ को पहिलो झलक’ ।

सन्नी देवलको फिल्ममा अमीषाका साथै अभिनेत्री प्रीति जिन्टा पनि रहेकी छिन् । नीरज पाठकको निर्देशन रहेको यस फिल्ममा अरसद वारशी, श्रेयस तलपडे र सञ्जय मिश्राको पनि मूख्य भूमिका रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.