दर्शकको मन जित्दै ‘माई बेस्ट फ्रेन्ड’


सेलिब्रेटी नेपाल काठमाडौँ

साकेवा मुभिजको ब्यानरमा ज्योतीराज राई प्रस्तुतकर्ता र रमु श्रेष्ठ राई निर्माता रहेको वेभ सिरिज माई बेस्ट फ्रेन्डले युटुब दर्शकहरुको मन जिती रहेको छ । एक नम्बर प्रदेशको झापा जिल्लाका स्थानीय कलाकारहरुको प्रत्यक्ष संलग्नता रहेको यो सिरिज झापा जिल्लामै स्टन मिडियाले निर्माण गरिरहेको छ । मोफसलमा रहेका स्थानीय प्रतिभाहरुलाई अगाडी ल्याउनको लागी नै यो सिरिजको निर्माण गरेको प्रस्तुतकर्ता ज्योतीराज राईले बताएका छन् ।

त्यसो त पछिल्लो समय ईन्टरनेटको पहुँच गाउँ गाउँ सम्म पुगेपछि युटुबको बजार बढेको छ, अहिले कतिले पैसा कमाउनको लागी युटुबमा कार्यक्रम बनाएर अपलोड गर्छन्, भने कतिले लुकेर रहेका प्रतिभालाई आम दर्शक माझ ल्याउनको लागी कार्यक्रमहरु बनाउने गर्छन । तर साकेवा मुभिजले भने नितान्त मोफसलमा रहेका प्रतिभाहरुलाई देश बिदेशमा रहने आम दर्शक माझ चिनाउनको लागी यो सिरिज निर्माण गरेको प्रस्तुतकर्ता राईले दाबी गरेका छन् ।

साकेवा मुभिजको अफिसियल युटुब च्यानलामा निरन्तर अपलोड भैरहेको यो सिरिजमा पटकथा संवाद प्रयास घिमिरे र भुवन सिंह राई कथा निर्देशन किरण राईको रहेको छ,संगीत अनिस श्रेष्ठ छ भने भुवन सिंह राई ,रोस्मिता श्रेष्ठ ,प्रयास घिमिरे ,सलिना गुरुङ ,सुरेस राई मेघा लिम्बु ,सिला राई ,युनिसा अधिकारी ,स्मृति पोख्रेल ,अन्जान राई , विवेक बिष्ट ,सारदा राई , सागर थापा मगर , सन्जय श्रेष्ठ ,नवीन बास्कोटा निर्मल खड्का शेखर राई,अन्जान राई,बिबेक विष्ट,निर्मल खड्का, लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.