‘नाई नभन्नु ल ५’ को ट्रेलर सार्वजनिक ! क कसलाई रुवाउने छ ? (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘नाई नभन्नु ल ५’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा स्वस्तिमा खड्का, अनुभव रेग्मीका साथ डेब्यु कलाकार अभिषेक नेपाल सेड्रीना शर्माको मुख्य भूमिका रहेको छ । बिकासराज आचार्यको निर्देशन रहेको ‘नाई नभन्नु ल’ को पाँचौं सिरिजमा प्रियंका कार्की, दिलिप रायमाझी, केकी अधिकारी, स्वस्तिमा खड्का, बुद्दी तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । यसै चलचित्रबाट अभिनेत्री निरुता सिंहले कमब्याक गर्दैछिन् ।

सामिप्याराज तिमल्सिनाले लेखेको चलचित्र ‘नाई नभन्नु ल’को यो पाँचौ भागमा पुरुषोत्तम प्रधानको छायाँकन,बसन्त सापकोटा संगीत र अर्जुन जिसीको सम्पादन रहेको छ । ‘नाई नभन्नु ल’ को सबै सिरिज पारिवारिक कथामा बनेका छन् भने यो पाँचौं सिरिजमा पारिवारिक कथा संगै लब स्टोरीले पनि राम्रो स्थान पाएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.