कलाकारितामा अघि बढ्दै उषा


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली कला क्षेत्र ब्यबसायिक रुपमा अघि बढ्न सकेको छैन तर पनि दैनिक जस्तै नयाँ प्रतिभाको आगमन भने भई रहेको हुन्छ । नेपाली कलाकारितामा लाग्ने र नाम र दाम कमाउने धेरैको सपना बढेको छ । कतिको सपना पुरा हुन्छ भने कतिको रहर मात्र बन्छ । दोलखाबाट सफल कलाकार बन्ने सपना बोकेर काठमाडौँ झरेको एउटा नाम हो उषा कार्की उनले कलाकारितामा नाम र दाम कमाउने रहरका साथ प्रवेश गरेको करिब दुइ बर्ष भयो । उनले यो अबधिमा करिब एक दर्जन म्युजिक भिडियोमा अभिनय गरि सकेकी छिन ।

भबिस्यमा एउटा राम्रो कलाकार बन्ने सोचका साथ उनि अघि बढी रहेकी छिन । ‘सोचे जस्तो सजिलो त नहुने रहेछ तर पनि हिम्मत हार्नु हुन्न’ उनि भन्छिन । अभिनय र नृत्यको पढाई पनि गरि रहेकी कार्की अब बिस्तार म्युजिक भिडियो बाट टेली चलचित्र र ठुलो पर्दाको चलचित्रमा पनि काम गर्ने योजनामा रहेकी छिन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.