‘यो पागल मन’ को पटियाला कुर्ता डान्सिङ्ग नम्बर सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

असार २९ गते अर्थात् आगामी शुक्रबार बाट प्रदर्शनमा आउने चलचित्र ‘यो पागल मन’ को पटियाला कुर्ता बोलको डान्सिङ्ग नम्बर सार्वजनिक गरिएको छ । सार्बजनिक गीतमा राजेश पायल राईको स्वर रहेको छ । बिनोद न्यौपाने, ऋचा सिंह ठकुरी, एनि कुँवर, गौरी मल्ल, राजेश ढुँगानाको मुख्य अभिनय रहेको चलचित्र ‘यो पागल मन’ को अर्को गीत र ट्रेलर सार्बजनिक भई सकेको छ ।

लब स्टोरी जनराको चलचित्रलाइ कल्याण अधिकारीले निर्देशन गरेका हुन् । चलचित्रलाई बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् । अर्जुन पोखरेलको संगीत रहेको चलचित्रलाई शम्भु सापकोटाले खिचेका हुन् भने अनिल गौतमले सम्पादन गरेका छन् । कमल राइको कोरियोग्राफी रहेको ‘यो पागल मन’ मा द्वन्द निर्देशन राजु किराँतीको रहेको छ भने सामिप्यराज तिमल्सिनाले पटकथा तथा संवाद लेखेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.