‘कथा काठमाण्डु’ प्रदर्शन मिति संगै पोस्टर सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
सञ्चारकर्मी संगीता श्रेष्ठ निर्देशित चलचित्र ‘कथा काठमाण्डु’ को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा चलचित्रका प्रमुख तीन जोडी लाइ स्थान दिइएको छ । चलचित्रको असोज १२ गतेलाई प्रदर्शन मिति तय गरिएको छ ।

यसमा अभिनेत्री प्रियंका कार्कीको रोमान्स आफ्नो रियल प्रेमी आयुष्मान देशराज जोशीसँग नभई अभिनेता प्रमोद अग्रहरीसँग रहेको पोष्टरले बताएको छ । प्रियंका र आयुष्मानको प्रेमको सुरुवात यही चलचित्रको सेटबाट भएको थियो ।

अभिनेता संजोग कोइरालाको जोडीमा सन्ध्या केसी छिन् भने अभिनेत्री प्रेक्षा अधिकारीसँग आयुष्मानले रोमान्स गरेका छन् । निर्देशक श्रेष्ठका अनुसार, तीन भिन्नभिन्न कथालाई बुनेर एउटा सिंगो कथा बनाइएको छ । चलचित्रको पटकथासमेत निर्देशक स्वयमको हो । विजय राईको निर्माण रहेको ‘कथा काठमाण्डु’ मा लुज सिंहको छायांकन र मित्र गुरुङको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.