‘सविन शाक्य चलचित्र पत्रकारिता’ पुरस्कारको घोषणा


सेलिब्रेटी नेपाल काठमाडौँ

बिगत नौ बर्षदेखि नियमित साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको फिल्मीखवर साप्ताहिकले ‘सविन शाक्य चलचित्र पत्रकारिता’ पुरस्कारको घोषणा गरेको छ । प्रविशा प्रकाशनद्धारा प्रकाशन हुँदै आएको फिल्मीखवर साप्ताहिकले स्व. सविन शाक्यको स्मृतिमा यो पुरस्कार स्थापना गरेको हो ।

३० बर्ष भन्दा बढी बिभिन्न सञ्चार माध्यममा काम गरेका सविन शाक्यले करिब २५ बर्ष चलचित्र पत्रकारिता गरेका छन् भने फिल्मीखवर साप्ताहिकमा नियमित रुपले संलग्न भई काम गरेका थिए । गत बर्ष असार २३ गते शाक्यको निधन भएको थियो । शाक्यको निधन भएको बार्षिकी तथा प्रथम स्मृति दीवसका अवसरमा सम्झना तथा सम्मान स्वरुप पुरस्कारको घोषणा गरिएको फिल्मीखवर साप्ताहिकका प्रकाशक तथा सम्पादक शान्तिप्रियले बताएका छन् ।

सविन शाक्य चलचित्र पत्रकारिता पुरस्कार हरेक बर्ष फिल्मीखवरको बार्षिकोत्सवका अवसरमा प्रदान गरिने र अहिलेलाई पुरस्कारको राषि १०,०००।– (रुपैया दश हजार मात्र) सहित प्रमाणपत्र प्रदान गरीने प्रियले बताएका छन् । हरेक बर्ष रंग पत्रकारितामा संलग्न एक पत्रकारहरुलाई यो पुरस्कार प्रदान गरिने पनि प्रियले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.