‘यो पागल मन’ को चार अडियो गीत सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

असार २९ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘यो पागल मन’ को अडियो जुकबक्स सार्वजनिक गरिएको छ । चलचित्रमा जम्मा चार गीत समाबेश छन् । यूट्युबमा सार्वजनिक भएको अडियो जुकबक्समा शिर्ष गीतसहित ‘मार्‍यो मार्‍यो मायाले मार्‍यो’, ‘समयमै नचिन्दा तिमो माया’ र ‘पटियाला कुर्ता’ गीत सुन्न सकिन्छ ।

कल्याण अधिकारी निर्देशित यस चलचित्रलाई बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् । ऋचा सिंह ठकुरी, विनोद न्यौपाने, गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारीलगायतका कलाकारहरुको यो चलचित्रमा अभिनय छ । अर्जुन पोखरेलको संगीत रहेको चलचित्रलाई शम्भु सापकोटाले खिचेका हुन् भनेअनिल गौतमले सम्पादन गरेका छन् । कमल राइको कोरियोग्राफी रहेको ‘यो पागल मन’ मा द्वन्द निर्देशन राजु किराँतीको रहेको छ भने सामिप्यराज तिमल्सिनाले पटकथा तथा संवाद लेखेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.