शक्ति,कृष्ण र सुमितले ल्याए राष्ट्रियभावको ‘नेपाली मन’


सेलिब्रेटी नेपाल काठमाडौँ

राष्ट्रियभाव ‘नेपाली मन’ गीति एल्बम सार्वजनिक गरिएको छ । विहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीतकार कृष्णबहादुर थापा क्षेत्री, सङ्गीतकार शक्ति बल्लभ र गायक सुमित खड्काको सोलो एल्बम ‘नेपाली मन’ सार्वजनिक गरिएको हो ।

वरिष्ठ गीतकार प्रेमध्वज प्रधान, वरिष्ठ कवि तथा गीतकार रत्नशमशेर थापा, वरिष्ठ गीतकार किरण खरेल, वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारी, गजलकार डा. भोजराज पोखरेल, गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटा, साहित्यकार गंगा सुवेदी, सभासद खेम नेपालीलगायतले संयुक्त रुपमा ‘नेपाली मन’को सार्वजनिक गरेका थिए ।

कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्दै गीतकार कृष्णबहादुर थापा क्षेत्रीले गीति लेखनसँगै प्रवासमा रहँदाका आफ्ना अनुभूतिहरु प्रस्तुत गरेका थिए । उनले देशप्रेम बोलीमा मात्र होइन मनभित्रैबाट व्यवहारमा लागू गर्नुपर्छ भन्दै आफ्नो पछिल्लो कृति ‘नेपाली मन’ सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व गर्न सफल हुने बताए ।

गायक सुमित खड्काले एल्बभित्र रहेको गीतहरु प्रस्तुत गरेर उपस्थित अतिथिहरुलाई स्वागत गरेका थिए । खड्काले सबैभन्दा प्यारो, नेपाली मन, गाउँछिन् गीत, जन्मे हुर्कें जस्ता गीत प्रस्तुत गरेका थिए । सबैभन्दा धेरै राष्ट्रिय भावका गीतमा स्वर प्रदान गर्ने गायक हुन पाउँ भन्दै उनले राष्ट्रियता र स्वाभिमान सदैव नेपालीको मुटुभित्र हुनुपर्ने बताए । एकसय भन्दा धेरै राष्ट्रिय भावको गीतहरुमा स्वर दिइसकेका गायक खड्काको राष्ट्रियभावको गीतको मात्र यो छैटौं एल्बम हो भने उनले पाँच सयभन्दा माथि आधुनिक गीत, दुई दर्जभन्दा बढी नेपाली चलचित्रमा पाश्र्व गायन गरिसकेका छन् ।

सञ्चारकर्मी सुमन बैरागीले संचालन गरेको उक्त कार्यक्रममा गीतकार संघका अध्यक्ष चुडामणि देवकोटा, साहित्यकार गंगा सुवेदी, सांसद खेम नेपाली, गजलकार डा. भोजराज पोखरेल, कवि तथा गीतकार दिनेश अधिकारी, कवि तथा गीतकार रत्नशमशेर थापा, गायक प्रेमध्वज प्रधान लगायतका वरिष्ठ व्यक्तित्वहरुले शुभकामना दिँदै एल्बमबाट प्रतिफल नपाउने सङ्गीतको यो जमानामा पनि लगानी गर्ने संगीता थापा र कृष्णबहादुर थापाप्रति धन्यवाद दिएका थिए । माटो र मुटुका गीतहरु यसरी नै निरन्तर प्रकाशनमा ल्याउन सुझाव दिँदै नेपाली मनका तीन स्रष्टा थापा, बल्लभ र खड्काप्रति सफलताको शुभकामना दिएका थिए ।

स्पार्क इन्टरटेनमेन्टको प्रस्तुतिमा बजारमा आएको उक्त एल्बमभित्र पाँच वटा गीत समावेश गरिएको छ । जसमा सबैभन्दा प्यारो, नेपाली मन, गाउँछिन् गीत, जन्मे हुर्कें जस्ता गीत समावेश रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.