भोलि बिहिबार देखि हिन्दि तथा अंग्रेजी फिल्म चल्ने


सेलेब्रिटी नेपाल असोज २४ –बिगत १ हप्ता देखि हिन्दि फिल्म चल्न नपायका हल हरु भोलि बिहिबार बाट हिन्दि तथा अंग्रेजी चलचित्र चल्न थाल्ने भयका छन् । नेकपा—माओवादीले बिहीबारदेखि हिन्दी चलचित्र प्रर्दशन गर्न दिने भएको छ । चाडपर्वलाई ध्यान दिदै पहिलो चरणको आन्दोलनका कार्यक्रम स्थगित गरिएको र बिहीबारदेखि हिन्दी चलचित्र प्रर्दशनमा रोक नलगाउने नेकपा—माओवादी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।
नयाँ चरणको आन्दोलनमा सार्वजनिक कार्यक्रम तथा सार्वजनिक यातायातमा नेपाली गीतसँगीत मात्रै बजाउन पाउने गरी आन्दोलनको घोषणगर्ने ज्ञवालीले बताउनुभयो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.