छायांकनमा ‘कस्मिक लभ’


सेलिब्रेटी नेपाल काठमाडौँ

मुभी मेकर्सको ब्यानरमा बन्दै गरेको चलचित्र ‘कस्मिक लभ’ को छायांकन धमाधम भइरहेको छ । निर्माण टीमले केहि समय अघि मात्रै काठमाण्डौमा भव्य कार्यक्रमको आयोजना गर्दै चलचित्रको आधिकारिक घोषणा सहित शुभसाइत गरेको थियो ।

चलचित्र ‘कस्मिक लभ’छ को गत असार ११ बाट छायांकन शुरु गरिएको हो। अहिले चलचित्रको ललितपुर स्थीत बज्रबाराहीमा शुटिङ भइरहेको छ। यसै बीच निर्माण टीमले शुटीङ सेटका केहि तस्बिर समेत सार्वजनिक गरेको छ।

रोमान्टिक कमेडी जनरामा निर्माण भइरहेको चलचित्रमा,सस्पेन्स पनि रहेको छ। ’कस्मिक लभ’ मा जय गौतमको लगानी रहेको छ,भने कार्यकारी निर्माताका रुपमा डि.एन. दाहाल रहेका छन्। साथै बि.एस बलामी तथा एस. अधिकारी निर्देशक रहेका छन्।

सुरज प्रधानको प्रस्तुती रहेको चलचित्रमा अर्पण थापा, प्रशान्त ताम्राकार,रबिन तामाङ तथा नायिका दिया मास्केलाई एकै साथ देख्न सकिने छ । यसका साथै नव नायक तथा नायिकाको रुपमा रिजन थापा तथा पुजन थापाले यसै चलचित्रबाट डेब्यु गर्दैछन्।

‘कस्मिक लभ’मा सुरेश बज्राचार्यको छायांकन,शेखर ज्ञवालीको लेखन,तथा बाबुल गिरीको संगीत रहेको छ । कबिरराज गहतराज तथा रामजी लामिछानेले कोरियोग्राफी गर्नेछन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.