हाई लिभिङ्, सिम्पल थिंकिङ्



सेलीब्रेटी नेपाल फागुन १ गते-नामै सिम्पल, कुरा गर्ने शैली सिम्पल र व्यवहार पनि सिम्पल। यति भएर पनि सिम्पल खनालको हकमा एउटा अंग्रेजी भनाइ लागू नहोला भन्न सकिन्न , सिम्पल लिभिङ्, हाई थिंकिङ्।भर्खरै रिलिज भयको चलचित्र अध्यायमा उनले अभिनय गरेकी थिइन् उनी अचेल अरु चलचित्रमा त देखिन्नन् नै, म्युजिक भिडियोहरूमा समेत उपस्थिति पातलिएको छ। कारण, उनले काठमाडौको नागपोखरीछेउमा रेडिमेड लुगा बेच्ने पसल खोलेकी छन्। निर्देशक प्रसन्न पौडेलसँगको वैवाहिक जीवन टुंगिएपछि केही समय विदेश हराएकी सिम्पलले सीतापाइलामा घर किनेकी छन्, सडकमा कार हाँकेर डुल्छिन् अनि मिडियामा भन्छिन्, “म ग्ल्यामर हिरोइन होइन। हाई लिभिङ्, सिम्पल थिंकिङ्।”कस्तो लाग्यो त ?

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.