सलोनको ‘बाबु कान्छा’ शिर्ष गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता सलोन बस्नेत स्टारर चलचित्र ‘बाबु कान्छा’को शिर्ष गीत सार्वजनिक गरिएको छ । केहि समय अघि सार्वजनिक चलचित्रको ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ ।

शम्भुजित बास्कोटाले लामो समय पछि चलचित्र ‘बाबु कान्छा’ मा गीत गाएका हुन् । गायक तथा संगीतकार टंक बुढाथोकीको शब्द तथा संगीत रहेको यस गीतलाई दर्शक तथा स्रोताले मन पराउने संगीतकार टंक बुढाथोकी बताए। शम्भुजित बास्कोटाले आफुले संगीत दिएको गीतमा स्वर दिनु आफ्नो लागि ठुलो अवसर भएको भन्दै टंकले खाली आफ्नो गीतमा आफैले मात्रै गाउन खोज भन्नेको लागि यो गीत गतिलो जबाफ भएको बताए ।

शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’को यस अघि सार्वजनिक चलचित्र ‘कर्णविर’ समावेश ‘चन्द्रमा झै राम्री’ बोलको रिमिक्स भर्सनलाई दर्शक तथा स्रोताले मन पराएका छन् । ‘बाबु कान्छा’मा सलोन संगै नीर शाह, सरोज खनाल,करिष्मा श्रेष्ठ, राजाराम पौडेल,लय संगौला , ऋतिक शाही,सम्राट सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,बिक्रम कंडेल लगायतको अभिनय रहेको छ ।यस चलचित्र बाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछिन्।

सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह(निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी छ । चलचित्रमा अस्ट महर्जनको एक्शन,गौतम राज खड्काको सम्पादन ,टंक बुढाथोकी संगीत रहेको छ भने ओम सुनारले ‘कर्णवीरको चन्द्रमा झैं राम्री छौ’गीत लाई रिमिक्स गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.