‘ल्याङल्याङ’ नाम अनुसार कमेडी जनरामा बन्ने


सेलिब्रेटी नेपाल काठमाडौँ

करण श्रेष्ठको निर्देशनमा चलचित्र ‘ल्याङल्याङ’ बन्ने भएको छ सामाजिक कथा र कमेडी जनरामा बन्न लागेको ‘ल्याङल्याङ’ को आइतबार एक कार्यक्रमको बीच अफिसियल घोषणा गरियो । अमृत माया श्रेष्ठको प्रस्तुतिमा निर्माण हुने चलचित्रको कथा सोम कुस्कु माझीको हो । पटकथा/संवाद भने प्रदिपकुमार चौधरीको रहेको छ ।

काठमाडौँ, सिन्धुली, अस्ट्रेलिया र बहराइनमा छायाँकन हुने भनिएको चलचित्र भदौ अन्तिम सातादेखि फ्लोरमा जानेछ । एक महिला लिडको नाम नखुलाइएको ‘ल्याङल्याङ’मा नाजिर हुसेन, सुष्मिता बुर्लाकोटी, बुद्दि तामाङ, प्रदिप चौधरी, विजय बराल, भोलाराज सापकोटा, कमलमणि नेपाल, राजन खतिवडा, सरीता गिरी, देवीराम पराजुली, किशोर भण्डारी, शिवहरि पौडेल, दमन रुपाखेती, जीवन भट्टराई लगायतको अभिनय रहनेछ ।

रिच इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने चलचित्रमा टंक बुढाथोकीको संगीत, कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी, शाहील खानको सम्पादन र अर्जुन भट्टराईको शब्द रहनेछ । आइतबार आयोजित कार्यक्रममा व्यस्तताको कारण कलाकारहरुको उपस्थिति थिएन । देवीराम पराजुली,दमन रुपाखेती,प्रदिपकुमार चौधरीको भने उपस्थिति रहेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.