छायाँछवि ९ औं काव्य शृङ्खला सम्पन्न


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली चलचित्र एवं संगीतको क्षेत्रमा क्रियाशिल हुँदै आएको संस्था छायाँछविले विगत नौ महिना अघिदेखी प्रारम्भ गरेको छायाँछवि काव्य शृङ्खला अन्तर्गत नवौं शृङ्खलामा गजलकार अमला अधिकारी एवं कवि प्रकाश रम्घाली सुनिएका छन् । अधिकारीले गजल सुनाइन् भने रम्घालीले कविता सुनाएका थिए ।

गजलकार अमला अधिकारी पछिल्लो समयकी शशक्त गजलकार मानिन्छिन् । अघिकारीले छायाँछविको यस साहित्यिक प्रवाहमा आफ्ना करिव एक दर्जन गजल सुनाइन् । उनले गजलमा माया÷प्रेम÷समाज एवं राजनैतिक व्यङ्ग्यका रचना सुनाएकी थिइन् । स्रोतामाझ लोकप्रिय अधिकारीले वान्स मोर पनि राम्रै खाएकी थिइन् ।
त्यस्तै कवि प्रकाश रम्घालीले आफ्ना विभिन्न १० कविता सुनाएका थिए । रम्घालीले पनि सामाजिक यथार्थका कविता साथै व्यङ्ग्यात्मक कविताहरु सुनाएका थिए ।

कार्यक्रम संयोजक रश्मि रोदनले आफ्नो कार्यक्रमको बारेमा विचार पस्केकी थिइन् । रोदनले स्वागत मन्तव्य राख्दै आफ्नो कार्यक्रम विशुद्ध साहित्यिक भएको र कुनै गुटवन्दी भन्दा माथी रहेको विचार राखिन् । सहभागीताको संख्या भन्दा पनि गुणात्मक स्रोता कार्यक्रमको मापक भएको मुक्तककार एवं गजलकार रश्मि रोदनले बताइन् । यसै कार्यक्रमका विशिष्ट अतिथि सुगम संगीतकार सन्तोष श्रेष्ठले प्रस्तुत गजल एवं कविताका बारेमा टीप्पणी राखे । छायाँछविको यो काव्य शृङ्खला पवित्र उद्देश्यको भएको र यस किसिमको कार्यक्रमबाट सर्जक उत्साहित हुने विचार राखे ।

छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले सुत्रधारको भूमिकामा प्रस्तुत हुँदै कार्यक्रमको औंचित्य प्रकाश पारे । साहित्यिक गतिविधि बढ्नु स्वागतयोग्य भएपनि गुटबन्धी र झारा टार्ने साहित्यिक गतिविधीले साहित्यलाई असर पार्ने बताए । हरेक घटना मानीसको लागि पाठ हुने बताउँदै प्रियले कार्यक्रम हरेक छायाँछबि काब्य शृङ्खला एक पछि एक गर्दै स्तरीय बन्दै गएको बताए ।
कार्यक्रमप्रति स्रष्टा अमला अधिकारी र प्रकाश रम्घालीले आभार ब्यक्त गरे । कार्यक्रम नेपाल चलचित्र संघको सह कार्यमा विशाल नगरमा सम्पन्न भएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.