‘झमक बहादुर’ लाइ पनि लाग्यो विश्वकप


सेलिब्रेटी नेपाल काठमाडौँ

रसियामा आयोजना भइरहेको ‘विश्वकप २०१८’मा सहभागी देश र मनपर्ने खेलाडीको समर्थनमा जर्सी लगाएर कलाकारहरुले फोटो सुट गर्ने क्रम बढ्दो छ । एक कलाकारले एक टिमको जर्सीमा फोटो सुट गर्नु अहिलेको समयमा कुनै नौलो भने होइन । एक चलचित्रको पुरै टिमले फोटो सुट गर्नु भनेको नौलो नै मान्नु पर्दछ ।

यस्तै नौलो काम चलचित्र ‘झमक बहादुर’ युनिटले गरेको छ । चलचित्रको पुरै युनिटले बिश्वकपमा सहभागी टिमको जर्सी लगाएर फोटो सुट गरेको हो । चलचित्र युनिट मध्य केहीले ब्राजिल, केहीले अर्जेन्टिना र केहीले स्पेनको जर्सीमा फोटो सुट गराएका छन् ।

बिश्वकपको माहोल तातेको बेला जर्सीको तस्बिरले चलचित्र प्रचारमा सजिलो हुने देखेर पुरै टिमले फोटोसुट गरेको निर्देशक भोमन कटुवालले बताए । निर्माण युनिटले त्यसरी जर्सीमा गरेको फोटो सुट ‘झमक बहादुर’को वल्डकप फिगर भनेर सार्वजनिक गरेको छ ।

१८ साउनबाट देशभरका प्रदर्शनमा आउने चलचित्रमा अनुपविक्रम शाही, यादव देवकोटा (सरापे), राजु कमेडी, सुजता थापा, कल्याण अधिकारी, कोनिका घिमिरे, नियोन गुरुङ, कला राई, प्रविन श्रेष्ठ, सुस्मा तामाङ, जित वस्नेत लगायतका कलाकारको अभिनय रहेको छ भने बालकलाकारको रुपमा जेशिका घिमिरे, दिलिशा गुरुङ रहेका छन् ।

कोपिलाकुमारी डल्लाकोटी सहनिर्माता, राजु किरातको द्वन्द्व, भोमन कटुवालको पटकथा, कल्याण अधिकारीको कथा, रोजन भुजेलको सम्वाद, राजन/सूर्य/सलिनाको कोरियोग्राफी, अनिलकुमार महर्जनको सम्पादन रहेको चलचित्रमा ओम सुनुवारको संगीत रहेको छ ।

नेपाली समाजको वास्तविक चित्र झुपडीमा बस्ने र महलमा बस्ने बीचको द्वन्द्वात्मक कमेडी चलचित्र बताइएको ‘झमक बहादुर’का निर्माता । मिनकुमार तामाङ हुन् । यूवि फिल्मस् ग्यालरी, दियालो इन्टरनेन्मेन्टको प्रस्तुतिमा चलचित्र निर्माण भएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.