आँचल र आकाशको प्रेम ‘ब्ल्याक’ ट्रेलर सार्बजनिक(भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘ब्ल्याक’ ट्रेलर सार्बजनिक गरिएको छ । आँचल शर्मा र आकाश खड्का अभिनित चलचित्र ‘ब्ल्याक’को राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्बजनिक गरिएको हो । प्रदीप श्रेष्ठले निर्देशन गरेको चलचित्र भदौ १ बाट प्रदर्शनमा आउने छ । चलचित्रमा समाबेश दुइ गीत यस अघि नै सार्बजनिक भई सकेको छ ।

मौनता श्रेष्ठको कथामा तयार भएको ‘ब्ल्याक’मा आकाश र आँचलका अलावा सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशील क्षेत्री, धिरेन शाक्य, प्रिया रिजालको मुख्य भूमिका रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी, रामशरण उप्रेतीको छायाँकन, चन्द्र पन्तको द्वन्द, अर्जुन जिसीको सम्पादन रहेको चलचित्रलाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.