बाबुले प्रेमिका खुलाइदिएपछि सलोनलाई तनाव रियल जोडीको रोमान्स ‘बाबु कान्छा’


सेलिब्रेटी नेपाल काठमाडौँ

असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता सलोन बस्नेत अभिनित चलचित्र ‘बाबु कान्छा’ को विषयमा राजधानीमा एक कार्यक्रम गरि जानकारी गराइयो। शोभित बस्नेतको निर्माण र निर्देशन रहेको चलचित्र ‘बाबु कान्छा’ को प्रचार प्रसारको क्रममा चलचित्रका नायक सलोन बस्नेत,नायिका करिश्मा श्रेष्ठ तथा निर्माता तथा निर्देशक शोभित बस्नेतले चलचित्रको बारेमा जानकारी गराएका थिए ।

शोभित निर्देशित चलचित्र ‘झिल्के’को केहि दृश्य हरु समेटेर बाबु कान्छा तयार भएको हो भन्ने पत्रकारको प्रश्नमा शोभित भन्छन ”झिल्केको कथा मन परेर सोहि कथा लाइ फेरी छायांकन गरेर ‘बाबु कान्छा’ निर्माण गरेको बताए अरु निर्माता निर्देशक टेबल वर्क गर्छन म चाहिं सुटिंग गरेर मन नपरेको दृश्यलाइ फेरी सुटिंग गर्छु।”

कार्यक्रममा बोल्दै सलोन भन्छन ”संधै अरुले बाबाको चलचित्र कहिले गर्ने भनेर सोधी रहनु हुन्थ्यो अब चाहिं बाबु कान्छा मा बाबा संग काम गरेको छु र चलचित्र मैंले बाल कलाकार हुँदा गरे जस्तै रुवाउने भूमिका गरेको छु ।” नायिका करिश्मा श्रेष्ठले आफुले गरेको अरु चलचित्र सफल नभए पनि यो चलचित्रबाट आशाबादी रहेको बताईंन । सलोन र करिश्माको रिलेसनको प्रश्न सोध्दा शोभित भन्छन ”पछि के होला भन्ने थाहा छैन तर अहिलेलाइ चाहिं रिलेसनमा रहेको सत्य हो।”

हेर्नुहोस् ‘बाबु कान्छा’ टिम संगको कुराकानी

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.