साउन १८ बाट प्रदर्शनहुने आर्यन र साम्राज्ञीको ‘कायरा’ ट्रेलर सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत चलचित्र ‘कायरा’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा प्रेम, रोमान्स र विछोड देखाइएको छ । यस चलचित्रलाई अभिनेता आर्यन स्वयमले निर्माण गरेका हुन् । म्यूजिकल लभस्टोरी कथामा बनेको ‘कायरा’ पहिलो पटक आर्यन र साम्राज्ञीले स्क्रिन शेयर गरेका छन् । ‘कायरा’ का निर्देशक लक्ष्मण रिजाल हुन् ।

उक्त चलचित्रमा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् । आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको रहेको छ भने निर्मातामा निर्देशक रिजाल छन् । चलचित्रलाइ बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।

शिवराम श्रेष्ठले छायांकन गरेको चलचित्रमा राजकुमार भट्ट कार्यकारी निर्माता दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा रहेका छन् । फिलिपिन्स र नेपालमा यसको छायांकन गरिएको हो । चलचित्र साउन १८ गते बाट प्रदर्शनमा आउने बहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.