सलोन बस्नेत स्टारर चलचित्र ‘बाबु कान्छा’को ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

सलोन बस्नेत स्टारर चलचित्र ‘बाबु कान्छा’को ट्रेलर सार्बजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा १७ वर्ष पहिले सलोन अभिनित चलचित्र ‘नेपाली बाबु’ को दृश्यलाई पनि देखाइएको छ। सलोन बस्नेत हाबी बनेको ट्रेलरमा प्रेम, रोमान्स, कमेडी र एक्सनलाई जोडिएको छ। शोभित बस्नेत निर्देशित चलचित्रमा सलोन बस्नेत, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, करिष्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, विक्रम कंडेललगायतको अभिनय रहेको छ।

संचारकर्मीसमेत रहेका रवी अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’मा सोभित बस्नेतकै लगानी रहेको छ। चलचित्रमा सन्तोष राजभण्डारी र सुरज घिमिरे सह-निर्माताको रूपमा रहेका छन्। टंक बुढाथोकी संगीत रहेको चलचित्रमा रामजी लामिछाने र दीपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी,अष्ट महर्जनको द्वन्द रहेको छ। बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठले छायांकन गरेको चलचित्रलाई गौतमराज खड्काले सम्पादन गरेका हुन्। चलचित्र असार २९ गते बाट प्रदर्शनमा आउने छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.