सेलिब्रेटी नेपाल काठमाडौँ
बिपिन कार्की र नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘प्रसाद’को शुभ मुहर्त गरिएको छ। सोमबार राजधानीको काँडाघारीमा रहेको गान्धी आश्रमबाट चलचित्रको छायांकन सुभारम्भ गरिएको हो। चलचित्रका मुख्य तिन कलाकार विपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठले मुहर्त सट दिए। चलचित्रमा नम्रता र विपिन श्रीमान् श्रीमतीको भुमिकामा देखिने भएका छन्।
दिनेश राउतले निर्देशन गर्ने यस चलचित्रमा नि:सन्तान दम्पतीको पिडा र उनीहरु बिचको विवादलाई प्रस्तुत गरिने छ। पत्रकार सुशिल पौडेलले लेखेको चलचित्रमा निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा चलचित्रमा देखाइने छ। चलचित्रमा विकास सुवेदी एसोसिएट निर्देशकको रूपमा रहेका छन्। सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको चलचित्रमा कोसिस क्षेत्री र सुवास भुषालको संगीत रहहेको छ भने चलचित्र लाइ राजेश श्रेष्ठले छायांकन गरि रहेका छन् ।