जापानमा हुनेअवार्डको नोमिनेशन सार्वजनिक, दयाहाङ,अनमोल,प्रदिप,पल र पुष्पलको भिडन्त


सेलिब्रेटी नेपाल काठमाडौँ

विश्वको सबैभन्दा महँगो शहर भनिएको जापानको टोकियोमा पहिलो पटक हुन गईरहेको सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ को नोमिनेशन सार्वजनिक गरिएको छ । राजधानीको पांच तारे होटलमा एक कार्यक्रमको आयोजना गरि अवार्डको उत्कृष्ट पाँच नोमिनेशन सार्वजनिक गरिएको हो । आगामी सेप्टेम्वरको १६ तारिख अर्थात नेपाली मिती २०७५ भाद्र ३१ गते सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ हुने आयोजकले जनाएको छ ।

नोमिनेशन पश्चात उत्कृष्ट पाँच मध्येलाई विश्वभरीबाट अनलाईन भोटिङ गर्न सकिने व्यवस्था मिलाईएको आयोजक पक्षले बताईएको छ । अनलाईन भोटिङको लागि कुनै शुल्क लाग्ने छैन ।

उक्त अवार्डमा चलचित्र र संगीत तर्फबाट ६\६ गरि १२ विधामा नोमिनेशन सार्वजनिक गरिएको हो । जसमा उत्कृष्ट फिल्म, नायक, नायिका, सपोर्टिङ कलाकार महिला र पुरुष गरि ६ विधा र संगीत तर्फ लोक, पप र आधुनिक गायक गायिका गरि ६ विधा राखिएको छ ।

नेपाली अवार्डको गरिमा र अवार्ड समारोहको वारेमा बेला बखत हुने विवाद तथा चर्चालाई अन्त्य गर्न र यस्ता अवार्डहरुबाट फरक रहन सुर्य ईन्टरनेशनल अवार्ड २०१८ लाई भोटिङ प्रक्रियामा संचालन गर्न लागिएको अवार्डका अध्यक्ष बासुदेव लामिछानेले बताएका छन् । सुर्य ईन्टरनेशनल अवार्ड एक बृहत साँस्कृतिक कार्यक्रम सहित आयोजना हुने आयाजकले बताईएको छ ।

अवार्डको लागि हाल जापान र नेपालमा भव्य तयारी भईरहेको पनि बासुदेव लामिछाने बताएका छन् । यस्तै अवार्ड समारोहमा ४ दर्जन बढि कलाकर्मीहरु र केही पत्रकारहरु जापानको एउटै मञ्चमा देखिने बताएका छन् ।

अवार्ड समारोहमा कमेडी, नृत्य, गायन लगायतका बृहत साँस्कृतिक प्रस्तुतीहरु प्नि रहने आयोजकले बताईएको छ । यता नेपालमा कलाकर्मी व्यवास्थापन र फारम वितरण तथा संकलन गर्न बरिष्ठ पत्रकार नरेश भट्टराई र चलचित्र पत्रकार संघ नेपालका सचिव समीर बलामीलाई जिम्मेवारी दिईएको बासुदेव लामिछानेले बताएका छन् ।


नेमिनेशनमा पर्नेको सुची यसप्रकार छन्
चलचित्र तर्फ
१) उत्कृष्ट चलचित्र
छक्का पञ्जा २
ए मेरो हजुर २
शत्रुगते
म यस्तो गीत गाँउछु
कृ

२) उत्कृष्ट निर्देशक
दिपा श्री निरौला
झरना थापा
प्रदिप भट्टराई
सुर्दशन थापा
मिलन चाम्स

३) उत्कृष्ट सह अभिनेता
केदार घिमिरे
बुद्धि तामाङ
सलोन बस्नेत
अनुप विक्रम शाही
प्रशान्त ताम्राकार

४) उत्कृष्ट सह अभिनेत्री
बर्षा राउत
प्रियंका कार्की्
केकी अधिकारी
अनु शाह
अशिस्मा नकर्मी

५) उत्कृष्ट अभिनेता
अनमोल के.सी
प्रदिप खड्का
पल शाह
पुस्पल खड्का
दयाहाङ राई

६) उत्कृष्ट अभिनेत्री
साम्राज्ञी राज्य लक्ष्मी शाह
पुजा शर्मा
श्वेता खड्का
शिल्पा पोखरेल
निता ढुङ्गाना

गीत तर्फ

पप तर्फ
१) उत्कृष्ट गायक
सुगम पोखरेल
कमल खत्री
अनिल सिहं
काली प्रसाद बास्कोटा
हिमाल सागर

२) उत्कृष्ट गायिका
इन्दिरा जोशी
अमृता लिम्बु
मिलन अमात्य
एन्जिला रेग्मी
रबिना थापा

आधुनिक तर्फ
१) उत्कृष्ट गायक
प्रमोद खरेल
शिव परियार
राम कृष्ण ढकाल
हेमन्त शर्मा
राजेश पायल राई

२) उत्कृष्ट गायिका
अन्जु पन्त
मेलिना राई
रिता के.सी
टिका प्रसाई
शृजना खत्री

लोक तर्फ
१) उत्कृष्ट गायक
नविन पौडेल
रमेश राज भट्टराई
खुमन अधिकारी
रामजी खाँड
प्रकाश कटुवाल

२) उत्कृष्ट गायिका
ज्योति मगर
रमिला न्यौपाने
सम्झना मगर
मुना थापा
देवी घर्ती मगर

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.