‘पिरिम पर्‍या छन्’ को दिन साउन २५


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेता द्वय दीलिप रायमाझी र जयकिशन बस्नेत स्टारर कमेडी चलचित्र ‘पिरिम पर्‍या छन्’ आउँदो साउन २५ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्देशक पुरन थापाले शुक्रबार चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन् ।

निर्देशक पुरनकै लेखन रहेको चलचित्रमा दीलिप रायमाझी, जयकिशन बस्नेत, सुवास मेचे, रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला, चाँदनी कोइरालालगायतका कलाकारले अभिनय गरेका छन् ।

माता बसुन्धरा मुभीज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुति रहेको ‘पिरिम पर्‍या छन्’ बिमल ढकालले खिचेका हुन् । गाउँले परिवेशको सामाजिक हाँस्य चलचित्र बताइएको ‘पिरिम पर्‍या छन्’ का गीतमा बिकास चौधरी र बिनोद भुजेलको संगीत र बाबु बलामीको द्धन्द्ध निर्देशन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.