सुनिललाई बलीउड कोरियोग्राफर मुदस्सर खानले दिए स्टार बन्न शुभकामना


सेलिब्रेटी नेपाल काठमाडौँ

काठमाण्डौ। भारतका चर्चित कोरियोग्राफर तथा ‘डान्स इन्डिया डान्स’का निर्णायक मुदस्सर खानले नेपाली अभिनेता सुनिल क्षेत्रीलाई स्टार बन्न शुभकामना दिएका छन् । चलचित्र ‘चि मुसि चि’बाट चलचित्रमा डेब्यू गरेका सुनिललाई उनका गुरु खानले खुशी व्यक्त गर्दै सफलताको कामना गरेका हुन् ।

एक भिडियो सन्देश छोड्दै खानले ‘डिआईडी’ सिजन–४ मा टप टेन सम्म पुगेका सुनिल आफ्नो मनपर्ने प्रतियोगी रहेको बताएका छन् । उनले भनेका छन्, ‘सुनिल नेपालको ठूलो सुपरस्टार बन्न जाँदैछ । मेरो तर्फबाट उसलाई धेरै धेरै शुभकामना । तिमी एकदम राम्रो पर्फमर, डान्सर र आर्टिस्ट हौ ।’ उनले ४६ सेकेण्डको भिडियोमा डिआईडीमा सुनिलले देखाएको प्रस्तुतीको पनि खुलेर प्रशंसा गरेका छन् । उनी थप्छन्, ‘डिआईडीमा तिमीले आफ्नो फरक पहिचान बनाएका थियौ अब अलग ट्यालेन्ट र स्टारडमबाट आफ्नो पहिचान बनाउँ मेरो शुभकामना छ ।’

बलिउड सुपरस्टार सलमान खानलाई आफ्नो गडफादर मान्ने मुदस्सर खान भारतका टप कोरियोग्राफर मध्येमा पर्दछन् । सुनिल, मुदस्सरलाई आफ्नो गुरु मान्दछन् । गुरुको शुभकामनाबाट आफूलाई ठूलो साहस र उर्जा मिलेको सुनिलले बताए । सुनिल स्टारर चलचित्र ‘चि मुसि चि’ आउँदो साउन ११ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । यो चलचित्रलाई निर्देशक दिनेश श्रेष्ठले लेखन तथा निर्देशन गरेका छन् । चलचित्रमा सुनिलका साथमा सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.