पल शाहकी बहिनी आईन अभिनयमा, पहिलो भिडियो सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

मोडल तथा कलाकार पल शाहकी बहिनी रोशनी राज्यलक्ष्मी शाह पनि अभिनयमा आएकी छन् । उनि अभिनित पहिलो म्यूजिक भिडियो ‘रेल गाडी’ सार्वजनिक भएको छ । यो गीतमा गायक इरोज लामाको स्वर रहेको छ भने फिचरिङ्ग अविनाश घिसिङ्गले गरेका छन् । संगीत पनि इरोज आँफैले दिएका छन् । रोशनीले पहिलो भिडियोबाट नै दाजुजस्तै आफु पनि अभिनयमा दमदार रहेको प्रमाणित गरेकी छन् । भिडियोमा उनि अनुराग ठकुरीसँग अभिनय गरेकी छन् । अनुरागले पनि यसै भिडियोबाट अभिनयमा डेब्यू गरेका हुन् । यि दुवै नव-कलाकारले यो डान्सिङ्ग भिडियोमा आकर्षक नृत्य गरेका छन् ।

गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् । पछिल्ला दिनहरुमा निर्देशक सुवेदीसँग मात्र म्यूजिक भिडियोमा अभिनय गरिरहेका पलले आफ्नी बहिनीलाई डेब्यू गराउने जिम्मा सुवेदीलाई नै दिएका हुन् । निर्देशक सुवेदीले सँधै चल्तीका कलाकारलाई मात्र लिएर भिडियो निर्माण गर्नुभन्दा पनि नयाँ प्रतिभाहरुलाई स्थान दिनुपर्छ भन्ने मान्यताले आफुले यसपटक दुवैजना नयाँ कलाकार राखेको बताए ।

भिडियोमा अनिल के. मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ भने कोरियोग्राफी कलाकार अनुरागले नै गरेका छन् । भिडियोमा बाग्लुङ्गको डान्स ग्रूप ‘साइनिङ्ग डान्स ग्रूप’को समेत नृत्य रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.