मनिषा कोइराला आफ्नै जीवनमा आधारित पुस्तक लेख्दै


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

क्यान्सरमाथि विजय पाएकी मनिषा कोइराला यतिबेला भने पुस्तक लेखनमा सक्रिय भएको खुलासा भएको छ। भारतीय मिडियालाई दिएको एक अन्तर्वार्तामा उनी स्वयंले आफू यतिबेला पुस्तक लेखनमा व्यस्त भएको खुलासा गरेकी हुन्।

मनिषाले सो पुस्तक कहिले बजारमा आउँछ भन्नेबारे केही नबताए पनि पुस्तकको शीषर्क ‘हिल्ड’ रहेको छ। मनिषाले सो पुस्तकमा आफ्नो जीवनको एउटा हिस्साबारे चर्चा गरिएको जनाउँदै उनले आफ्नो जीवनीमा आधारित फिल्मको बारेमा भने केही नसोचेको बताएकी छन्। ‘अहिलेसम्म मेरो बायोपिक बनाउनेबारे केही तय भएको छैन’ उनले भनेकी छन्, ‘यदि बायोपिक बन्यो भने आलियाले मेरो भूमिका निभाउन सक्छिन्।’ मनिषा यतिबेला संजयदत्तको जीवनीमा आधारित ‘संजू’को प्रमोसनमा व्यस्त छिन् । संजूमा उनले संजयदत्तकी आमा नगरिसको भूमिका निभाएकी छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.