‘ए सोल्टिनी’ को शीर्ष गीत सार्वजनीक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘ए सोल्टिनी’ को शीर्ष गीत सार्वजनीक गरिएको छ । सुवास नेपालीले गाएको गीतको भिडियोमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ र गंगा राना मगरलाई प्रस्तुत गरिएको छ । निर्देशक निमा लामा तामाङको शब्द र संगीत रहेको सो गीतको कोरियोग्राफी अभि लामाले गरेका हुन् ।

असार १५ गते एकल प्रदर्शनमा आउने तयारीमा रहेको ‘ए सोल्टिनी’ ले पछिल्लो समय प्रचार प्रशारलाई तीव्रता दिएको छ । दिलकुमार घलान तामाङले निर्माण गरेको चलचित्रको प्रस्तुतकर्ता पूर्णी तामाङ हुन् ।

जिम्वा फिल्मस् प्रोडक्शनको ब्यानरमा बनेको चलचित्रमा सबिन श्रेष्ठ,अर्जुन गुरुङ, जयनन्द लामा,ज्ञानबहादुर जिम्वा,गंगा रानामगर, मन्जु श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.