भिषणको ‘पुरानो बुलेट’ मा वर्षा कि माला


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘पुरानो बुलेट’ निर्माण हुने भएको छ। बिहीबार राजधानीमा एक कार्यक्रमआयोजना गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो। भिषण राईले निर्देशन गर्ने चलचित्रमा अनुपविक्रम शाही, वर्षा सिवाकोटी र माला लिम्बू,कविता आले, शिव मुखिया, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, दिवज राईलगायतको मुख्य भुूमिका रहने छ। क्रेजी इन्टरटेन्टमेन्टको ब्‍यानरमा निर्माण हुने चलचित्रमा दीपेन्द्र लिम्बू, विरेन साम्बा, टीकाराम राई र अशोक साम्पाङ राईको लगानी रहनेछ। सन्तोष राई कार्यकारी निर्माता रहेको चलचित्रको असार १५ गतेबाट छायांकन सुरु हुने चलचित्रले समसामयिक विषयवस्तुलाई उठान गर्नेछ। चलचित्रमा हरि घलेको छायांकन,निर्देशक राई र सन्तोष राईको कथा, उत्तम जंग लिम्बुकोे संगीत, राजेशपायल राई, जयन जे. वाइवा र उत्तम जंग लिम्बुको गायन रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.