‘रोमियो एण्ड मुना’ ट्रेलर सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

साउन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘रोमियो एण्ड मुना’ को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता विनय श्रेष्ठ स्टारर चलचित्रको ट्रेलरमा प्रेम, रोमान्स र विछोडले स्थान पाएको छ । ‘रोमियो एण्ड मुना’ लाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । यसअघि उनले ‘डाइङ क्यान्डल’ चलचित्र निर्देशन गरेका थिए ।

निर्देशक केसीको पटकथा रहेको चलचित्रमा निरोज महर्जनले केसीलाई संवाद लेख्न सघाएका छन् । चलचित्रमा विनय र सृष्टिसँगै सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्जवल सुजल गिरी लगायत कलाकाररुको अभिनय रहेको छ । चलचित्र ‘रोमियो एण्ड मुना’ मा प्रशन्नमान गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य मिलेर बनाएका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.