पुर्ब मिस नेपाल मलिना र मनिषको रोमान्स हेर्न अभिभाबक चाहिने


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेत्री तथा पूर्वमिस नेपाल मलिना जोशी र अभिनेता मनिष सुन्दर श्रेष्ठ अभिनीत चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ ले सेन्सर बोर्ड बाट पीजी सर्टिफिकेट पाएको छ । अब ‘तिमी हुन्छौ जहाँ जहाँ’ हेर्न १६ वर्ष उमेर मुनीकाले अभिभावक लिएर जानु पर्नेछ ।
असार ८ गतेबाट प्रदर्शनमा आउने चलचित्रको गीतसंगीत र ट्रेलर सार्बजनिक भई सकेको छ । युवापुस्ता लक्षित यो चलचित्रका निर्देशक विकाश बस्याल हुन् । चलचित्रको कथा पनि निर्देशककै हो ।

मदन दवाडी, डालचन्द्र दवाडी र हरीप्रसाद अधिकारी निर्माता रहेको चलचित्र यसका कार्यकारी निर्माता प्रकाश बाँस्कोटा हुन् । विना कार्की सह-निर्मात्रीमा छिन् ।

विश्व बस्नेत, तमन्ना केसी, गीता अधिकारीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । माधव शर्मा घिमिरेको संवाद तथा पटकथा रहेको यस चलचित्रमा रोशन श्रेष्ठको द्वन्द कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।चलचित्रमा रामशरण उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन, डेभिल भण्डारीको गीत रचना र अर्जुन पोखरेलको संगीत रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.