सेलीब्रेटी नेपाल माघ २८ गते-नवगायक प्रेम राईले आफ्नो पहिलो एकल एल्बम राजीनामा बजारमा ल्याएका छन्। नाट्य क्षेत्रमा समेत लागिरहेका राई अंग्रेजी साहित्यमा मास्टर गर्ने तयारी गरिरहेका छन्। पढ्नमा भन्दा बढी संगीतमा ध्यान दिने उनी अनुत्तीर्ण भने कहिल्यै हुनुपरेको छैन। उनै प्रेमको एल्बम शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी विमोचन गएको हो। नेपाली कांग्रेसका काठमाडौं जिल्ला कार्यसमिति सभापति तथा कार्यक्रमका प्रमुख अतिथि भीमसेनदास प्रधान, नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरलगायतले एल्बमको विमोचन गरेका थिए । राष्ट्रिय फोटो प्रकाशन समूहका उपाध्यक्ष हरिगोपाल प्रधानको सभाध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रममा विमोचित एल्बममा राजीनामा, प्रकृतिले, के थिएँ, आँखा नसालु, आगो बाली र लाग्यो भने गरी कुल ६ गीत छन् । एल्बममा डी. आर, लक्ष्मीप्रसाद घिमिरे, अबुदय खनाल, सुरज थापा र नित्यनन्द शर्माको शब्द रहेको छ भने अर्जुन पोखरेल, मीन विष्ट, पुरुषोत्तम न्यौपाने र सुरज थापाको संगीत रहेको छ।
सम्बधित पोस्टहरु
कलाकार,निर्माता तथा वितरक करण श्रेष्ठ समानुपातिक उम्मेदवारको बन्दसूचीमा
काठमाडौँ। कलाकार,निर्माता तथा वितरक करण श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी नेपालको समानुपातिक उम्मेदवार बनेका छन्। उनी आदिवासी जनजाति क्लस्टरबाट सूचीमा परेका हुन्। अभिनेता समेत रहेका श्रेष्ठले केही फिल्म निर्माण समेत गरेका छन्...
चलचित्र ‘प्रतिवैरम’ को एक्सन प्याक टिजर सार्वजनिक
काठमाडौँ । निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रतिवैरम’ को एक्सन प्याक टिजर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको १ मिनेट २९ सेकेन्ड लामो टिजर सार्वजनिक गरिएको हो। मधेस...
फिल्म ‘कुमारी’ को लोक शैलीको गीत ‘डोको बुन्ने’ सार्वजनिक, माघ २३ मा रिलिज हुँदै
काठमाडौं। आगामी माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको प्रतीक्षित प्रेम कथानक चलचित्र ‘कुमारी’को तेस्रो गीत ‘डोको बुन्ने’ सार्वजनिक गरिएको छ। काठमाडौँको नयाँ बानेश्वरस्थित वन सिनेमाजमा आयोजित एक...
‘भाइरल गोर्खे’ को ट्रेलर सार्वजनिक
काठमाडौं। आगामी माघ १ गते देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘भाइरल गोर्खे’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ३ मिनेट ५५ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गर्दै फिल्मको मुख्य कथावस्तु र...
फिल्म ‘आ बाट आमा’ को माल्टा प्रदर्शन अधिकार बिक्री, माघ १६ मा रिलिज हुँदै
काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘आ बाट आमा’ को वैदेशिक प्रदर्शन अधिकार (ओभरसिज राइट्स) धमाधम बिक्री हुन थालेको छ । आगामी माघ १६ गते बाट प्रदर्शनमा आउन लागेको यो फिल्मको प्रदर्शन अधिकार हालै माल्टाका लागि बिक्री गरिएको...
‘हामी तीन भाइ’ चैत १३ गतेदेखि प्रदर्शनमा
काठमाडौं । निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा बनेको नेपाली चलचित्र ‘हामी तीन भाइ’ आगामी चैत १३ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले बुधबार चलचित्रको एक आकर्षक पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा प्रदर्शन मिति...


