झ्यापमा सुटिंग स्पट पुगिन सुष्मा कार्की


सेलेब्रिटी नेपाल असोज २४
चलचित्र क्षेत्र लै सर्बसाधारण हरुले नौटंकी क्षेत्र भनेर भनि रहंदा यस क्षेत्र क़ा कारिन्दा हरुले विभिन्न समयमा आफ्ना नौटंकी देखाउदै आउने गरेका छन्। यो क्रम मा हालसालै अहिलेकी गरम नायिका सुष्मा कार्की ले माधक पदार्थ सेवन गरि सुटिंग स्पट पुगे पछि युनिट मा ठुलै चर्चा पायो सुष्मा चलचित्र मेरो जीवन साथी को सुटिंग मा कन्ट्रोल भन्दा बाहिर रहेर पुगेकी स्रोत ले बतायको छ।
नायिका भन्दा बढि आइटम गर्लको रुपमा बढि प्रख्यात सुष्मा बेला-बेला चर्चा आइरंछिन । चलचित्र मेरो जिवन साथीको एक गीतको शुटिङ्मा धोका दिएर भोलीपल्ट पुगेकी थिइन् त्यो पनि रक्सीको तालमा । सोहि चलचित्रको बेडसिनको बेला राजेश हमालसँगको रोमाञ्समा चुरोटको गन्धले हमालले मुख बिगारेको समाचारले निकै चर्चा पाएको थियो । कार्कीले पुन: सो चलचित्रमा अर्को हर्कत देखाएकी हुन् ।
सोमवार बिहान छायांकनस्थलमा पुगेकी सुष्मालाइ निर्देशक दिवाकर भट्टराइले दिउँसो आउनुभन्दै फर्काईदिएपछि तीन बजेतिर आउँदा झ्याप भएर आएकी थिइन् । बालाजु स्थित शुटिङ् स्टुडियोमा उनि पुगेपछि रिसले आगो भएका निर्देशक भट्टराईले मेकअप गरेर पर्काईदिएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.